कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्छः महासचिव चन्द


१० पुष २०८२, बिहीबार १३:३३ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्दले कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्ने बताउनुभएको छ । 


विहीबारवाट शुरु भएको केन्द्रिय समितिको बैठकमा उहाँले कालो धनलाई जनताको बीचमा स्वीकृत हुनेगरी ल्याउन नोटबन्दी गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालबाट ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिवन्ध लगाउनुपर्ने बताउनु भयो ।

त्यसको सट्टामा नयाँ नयाँ नोट दुई सय, ४ सय र दुई हजार रुपैयाँका नोटहरु प्रचलनमा ल्याउन सकिने उहाँको भनाई छ । उहाँले भ्रष्टाचार नियन्त्रणको लागि उच्चस्तरीय छानविन आयोग बनाउनपर्नेमा पनि जोड दिनुभयो । उच्चस्तरीय समितिले छानविन गरेर उच्चस्तरीय न्यायलयबाट फैसला हुनेगरी व्यवस्था गर्नपर्ने उहाँको भनाई छ ।

त्यो न्यायलयबाट भएको फैसलालाई सर्वोच्चमा पुनरावेदन गर्ने स्थिति बनाउन नहुने पनि उहाँले बताउनु भयो । भ्रष्टाचारीहरुको सम्पती राष्ट्रियकरण गरेर हदैसम्मको जन्मकैदसम्मको फैसला गर्ने व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले पार्टीले उठाएका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो । आन्दोलन शान्तिपूर्ण हुने उहाँको भनाई छ ।

उहाँले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवा समेत गर्नुभयो । प्रहरी, कर्मचारी सबैको मनोबल गिरेको अवस्थामा निर्वाचन गराउनको लागि सर्वपक्षिय सरकार गठन गर्नु आजको आवश्यकता भएको उहाँको भनाई छ ।

उहाँले नेपालमा कम्युनिष्ट पार्टीको एकताको आवश्यकता रहेको भएपनि तत्काललाई भने सम्भावना नरहेको बताउनु भयो । एमालेसँग मिलेको आरोपमा लाग्ने गरेको उल्लेख गर्दै उहाँले केही समान एजेण्डाहरु  सबैसँग मिल्ने बताउनु भयो । सोहीअनुसार सर्वपक्षिय सरकारको एजेण्डा एमालेसँग मिल्न गएको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here