जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको कदमलाई आफूहरुले सकारात्मक रुपमा लिएको र निर्वाचनमा भाग लिने कुरा शुरुवातदेखि नै गर्दै आएको बताउनु भयो ।
उहाँले जेन–जी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश आउनुपर्ने बताउनु भयो । भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै नभइ समाजमा रहेको त्रासको सामना गर्नसक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने बताउनु भयो ।
उहाँले निर्वाचन प्रयोजनार्थ सुरक्षाबारे आफूहरुले सरकारसँग चासो राखेको बताउनु भयो ।






