‘जेन–जीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्’, रविलक्ष्मी चित्रकार


८ पुष २०८२, मंगलवार १०:१८ मा प्रकाशित

काठमाडौं । जेन–जी आन्दोलनका नाममा निवासमा आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गर्नुभएको छ । 
लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै आउनुभएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेन–जीको अवोध मुखुण्डो लगाएर देश विध्वंश गर्नेहरूलाई सरकारले छिट्टै पहिचान गरी सजाय दिनुपर्ने बताउनुभएको हो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चित्रकारले जेन–जीको अवोधपनको मुखुण्डो ओढेर देशलाई नष्ट गरिएको बताउनु भयो । सरकारले उनीहरुलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गर्नुभयो । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताउनु भयो । उपचारको प्रक्रिया अझ अघि बढाउनुपर्ने आवश्यकता रहेको तर उपचारका लागि केही नभएको बताउनु भयो । घरसहित सबै जलाइर नष्ट गरिदिएपछि उपचारमा समस्या हुने बताउनु भयो । 

गत भदौमा जेन–जी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते हुनुभएको थियो भने घर पूर्ण रूपमा क्षति भएको थियो ।

उपचारका लागि भारत लगिएको उहाँको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको बताइएको छ । चित्रकारको यो मागले जेन–जी आन्दोलनका हिंसात्मक गतिविधि र दोषीहरूमाथि कारबाहीको विषयलाई पुनः राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here