जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का


२८ मंसिर २०८२, शनिबार १६:१७ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 


नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताउनुभएको हो । उहाँले प्रमुख राजनितिक दलहरु कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्नुहुँदै राजनितिक दलहरु मजबुत हुनुपर्नेमा जोड दिनुभयो ।

बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उहाँको भनाई छ । उहाँले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई संही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास गर्नुभयो । 

उहाँले भदौ २३ र २४ को जेन—जी आन्दोलनले मुलुकलाई गम्भिर समस्यामा धकेलेको पनि बताउनु भयो । नेपालमा ऐतिहासिक सम्पती, विभिन्न राजनितिक दलका कार्यलयहरु जलाईएको उल्लेख गर्दै उहाँले ती अपराधिक क्रियाकलाप गर्नेहरुलाई समयले माफ नगर्ने पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here