थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे


२९ मंसिर २०८२, आईतवार ११:०० मा प्रकाशित


थाइल्याण्डसँगको सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ ।

कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा शुक्रवार दिउँसोसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख पुगेको बताएको हो । ३ लाख भन्दा बढी मानिसहरूसहित लगभग ९० हजार परिवारहरू सुरक्षित आश्रयको लागि थाई सीमा नजिकैको आफ्नो घर छोडेर भागेका छन् ।

डिसेम्बर ७ देखि कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्व फेरि चर्किएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here