म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली


२८ मंसिर २०८२, शनिबार १४:५४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गर्नुभएको छ । 


शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको जिकिर गर्नुभएको हो ।

अध्यक्ष ओलीले जेन—जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरुका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरुलाई चिर्दै पार्टीको महाधिवेशनमा जनसागर उर्लिएकाले पनि एमाले अजम्बरी बनेको आफुले ढुक्कका साथ भन्नसक्ने अवस्था आएको बताउनु भयो । उहाँले उद्घाटन समारोहमा भएको उपस्थितिले आफूलाई गौरवान्वित बनाएको समेत बताउनु भयो । 

अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र त्यसको स्तम्भको रुपमा रहेका राजनीतिक दलहरुमाथिको हमला स्वीकार्य नहुने समेत बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here