काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको बताउनुभएको छ ।
११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताउनु भयो ।
उहाँले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भएपनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताउनु भयो । एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको बताउनु भयो ।
भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको बताउनु भयो । नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरुको भावनामाथि खेल्ने देशविरोधी तत्वहरुको काम भएको बताउनु भयो । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरुले गरेको बताउनु भयो ।
महासचिव पोखरेलले महाधिवेशनमा नवयुवाहरुलाई नेपालको आधारस्तम्भका रुपमा खडा गर्ने बताउनु भयो । बन्दसत्रका माध्यमबाट पार्टीको नीतिलाई कार्यान्वयन गर्नसक्ने सक्षम नेतृत्व निर्वाचित गर्ने बताउनु भयो ।






