जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित होः मोहनविक्रम सिंह


७ मंसिर २०८२, शनिबार २०:५७ मा प्रकाशित


काठमाडौं । अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताउनुभएको छ । 


शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताउनु भयो ।

अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको उहाँको भनाइ छ । जेन–जी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरु अहिलेको सरकारमा रहेको बताउनु भयो । विभिन्न पछिल्ला गतिविधिहरुले उनीहरुको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गर्नुभयो । 


नेता सिंहले कुनैपनि देशको राजनीतिमा मूल भुमिका राजनीतिक दलहरुले नै खेल्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here