काठमाडौं । मोबाईल ग्यारेज टिमले मोबाईल एप सार्वजानिक गरेको छ । शनिवार काठमाडौमा एक कार्यक्रमका बीच ‘सीपलाई समाधानसंग जोड्ने मोबाईल एपः मोबाईल ग्यारेज’ सार्वजानिक गरिएको हो ।
मोबाईल ग्यारेज एपले सवारी साधान बिग्रिएमा मिस्त्रीहरु उपलब्ध गराउनेछ । मोबाईल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले सवारी धनी र सवारी मर्मतसम्बन्धी सीप भएका दुवै पक्षलाई सेवा दिने उदेश्यले मोबाईल ग्यारेज एप सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
सवारीसाधानमा समस्या भएमा एपमार्फत ग्यारेज मिस्त्रीको खोजी गर्न सकिनेछ । उक्त एपमार्फत सहजै रुपमा रियल टाईममा नै मिस्त्री उपलब्ध हुने उहाँले बताउनु भयो । उहाँले ग्यारेजसम्बन्धी सीप भएकाहरुलाई रोजगारी पनि मोवाईल एपकोमार्फत उपलब्ध हुने उल्लेख गर्नुभयो ।
यो एपले सवारी धनी र मिस्त्रीको पुलको रुपमा काम गर्ने उहाँको भनाई छ । उहाँले दुई वर्षको प्रयासपछि मोबाईल ग्यारेज एप निर्माण गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले एपले रियल टाईम सेवा, प्रमाणित मिस्त्री प्रोफाईल, सजिलो एप साईनअप र व्यापार वृद्धि लगायतका सुविधा प्रदान गर्ने जानकारी दिनुभयो ।
एपमा ग्यारेज सञ्चालक र सवारीधनी जोडिन सक्नेछन् । मोबाईल एप प्लेस्टोर वा एपस्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिनेछ । एपमा मेकानिकहरुले मेकानिकको प्रोफाईल बनाउनुपर्ने र सेवाग्राहीले साईनअप गर्नुपर्ने सुविधा रहेको छ ।






