प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै छैनः ओली


६ मंसिर २०८२, शुक्रबार १५:२५ मा प्रकाशित


नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दाबी गर्नुभएको छ । 


शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताउनु भयो ।

उहाँले १ सय २५ वटा पार्टीहरुसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले काँग्रेस, एमालेजस्ता पार्टीहरुलाई अपमान गरेको भन्दै आपत्ति जनाउनु भयो । 

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरुलाई मान्य नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here