गाजामा इजरायली आक्रमणः एक सय प्यालेस्टिनीको मृत्यु


१४ कार्तिक २०८२, बिहीबार १०:४१ मा प्रकाशित


काठमाडौं ।
मंगलवार अबेरदेखि बुधवारसम्म गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तिमा एक सय प्यालेस्टिनीको मृत्यु भएको छ । जुन अक्टोबर १० मा युद्धविराम सम्झौता लागू भएदेखिको सबैभन्दा धेरै हो ।

एक प्रेस विज्ञप्तिमा, गाजाका स्वास्थ्य अधिकारीहरूले २७ शवहरू अल–शिफा अस्पतालमा, १० गाजा शहरको अल–अहली ब्याप्टिस्ट अस्पतालमा, ३१ अल–अवदा अस्पतालमा, १२ मध्य गाजाको अल–अक्सा अस्पतालमा र २० जना दक्षिणको खान युनिसको नासेर अस्पतालमा लगिएको बताएका छन् ।

गाजामा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले तिब्र इजरायली हवाई आक्रमणले गाजा पट्टीमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय घरहरू र पालहरूलाई लक्षित गरेको बताउनु भयो ।

उहाँले मृत्यु हुनेहरूमा ३५ बालबालिका रहेको बताउनु भयो । गाजामा कमाण्ड पोजिसनमा रहेका ३० जना लडाकूहरूलाई लक्षित गर्दै इजरायल सुरक्षा एजेन्सीसँग संयुक्त आक्रमण गरेको बताएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here