राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन आगामी माग ११ गते हुने


१३ कार्तिक २०८२, बुधबार १६:०२ मा प्रकाशित


काठमाडौं । राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुनेराष्ट्रिय सभा रिक्तसदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ ।

बुधबार अपरान्हसिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदकोनिर्वाचनको मिति तय गरेको हो । राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि२०८२ माघ ११ गते आईतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरिएको नेपालसरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललेजानकारी दिनु भयो ।

त्यसैगरी बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिकभ्रमण पनि स्विकृत गरेको छ । कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्ड समिट फरसोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा२०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्विकृत गर्ने निर्णय पनिगरिएको मन्त्री खरेलले बताउनु भयो । 

त्यसैगरी सरकारले  छापाखाना र प्रकाशन सम्बन्धि दोस्रो संशोधननियमावली २०८२ स्विकृत पनि स्वीकृत गरेको छ । अनलाइनको दर्ता र नविकरणका लागिगरिएको सो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । संघीय संसदका पदाधिकारीतथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७३ को अनुसुचि २ मा हेरफेरगरिएको छ । मन्त्री खरेलले सांसदहरुको स्वकीय सचिवालयको दरबन्दी घटाउनेनिर्णय कार्यान्वयनका लागि सो निर्णय गर्नु परेको स्पष्ट पार्नु भयो । सरकारले नेपालर मोरिसस सरकारबीच भएको दोहोरो करमुक्ति सम्झौता पनि अन्त्य गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here