सबैले चुनावमा भाग लिनसक्ने वातावरण बनाउने कामलाई सरकारले अर्जुनदृष्टिमा राखेको छः सञ्चारमन्त्री खरेल


७ आश्विन २०८२, मंगलवार १७:१८ मा प्रकाशित


काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताउनुभएको छ ।


मंगलवार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सरकारको मुख्य काम सो निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको बताउनुभएको हो । सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउने दायित्व पनि सरकारको रहेको सञ्चारमन्त्री खरेलको भनाई थियो ।

उहाँलेसो निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउने काममा पनि सरकारले ढिलाई नगर्ने बताउनु भयो । उहाँले जेनजी आन्दोलनको क्रममा भएका भएको सार्वजनिक तथा व्यक्तिगत सम्पतीको यकीन गरी त्यस कार्यमा संलग्नमाथि छानविन गरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री खरेलले सरकारले सार्वजनिक सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here