बिर्तामोडमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु


७ आश्विन २०८२, मंगलवार १२:३० मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ मा धारिलो हतियार प्रहार गरी एकजनाको मृत्यु भएको छ ।

बिर्तामोड–७ खालबाडीका अन्दाजी बर्ष ३५ का फुर्वा तामाङलाई सुतेको ठाउँमा सोही ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले धारिलो हतियार प्रहार गरेका थिए । शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बसिला र खुकुरी प्रहार गरी राईको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला प्रहरीले बरामद गरेको छ ।

हत्या गर्ने ब्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरि प्रहरीको जिम्मा लगाएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here