काठमाडौं । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए आफू गोली खान तयार भएको बताउनुभएको हो । जेन—जी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा शुरु भएको उहाँको भनाई छ ।
आन्दोलनमा जेनजीहरुको ठूलो संख्यामा बलिदानी भएको उहाँले बताउनु भयो । हजारौँको संख्यामा घाइतेहरु छन् । जेन—जीहरुको बलिदानीको रक्षा गर्न उनीहरुको एजेण्डालाई अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले मृतक परिवारको व्यवस्थापन, घाइतेहरुको जीविकोपार्जन, उपचारको ग्यारेन्टी, सुरक्षा लगायतको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
आफू पनि १० वर्षे जनयुद्धको योद्धा भएको स्मरण गर्दै उहाँले जनयुद्धको समयमा तीन वर्ष जेल बसेको बताउनु भयो । जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था भएमा आफू फेरि गोली खान तयार रहेको तर अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडी हट्न नदिने उहाँको भनाई छ । उहाँले आफ्नो भदा आदित्य रावलको शरीरमा ३ वटा गोली लागेको जानकारी दिनुभयो । अझै पनि एउटा गोली पेटमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जेन—जी आन्दोलनमा परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा जेनजीहरुले जो आन्दोलन शुरु गरेका छन् । यो आन्दोलनले बलिदानी भएको छ, जेनजीहरुको ठूलो संख्यामा । अझै हजारौँको संख्यामा घाईतेहरु हुनुुहुन्छ । उहाँहरुको यो वलिदानीको रक्षा होस् ।
यो बलिदानी, यो रगत खेर नजाओस् । यसले जुन एजेण्डा लिएको थियो, यो एजेण्डाको अहिलेको सरकारले सम्बोधन गरोस् र मृतक परिवारको व्यवस्थापन होस् । घाईतेहरुको जीविकोपार्जनदेखि लिएर उपचारको ग्यारेन्टी गरिनुपर्दछ ।
उहाँहरुको सुरक्षाको पनि कुरापनि यहाँ थुप्रै थ्रेटहरु आएको कुराहरु अहिले उहाँहरुले राख्नुभएको छ । यो पनि सरकारले उहाँहरुलाई शान्ति सुरक्षाको महशुस गराओस् र यो बलिदानी खेर नजाओस् । यदी यो बलिदानी, फेरी जेनजी आन्दोलनको बलिदानी खेर जाने अवस्था भयो भने म पनि १० वर्षे जनयुद्धको योद्धा हो । तीन वर्ष जेल बसेको योद्धा हो । म जेन वाई को तर्फबाट फेरि ३ वर्ष जेल होईन । एउटा गोली खाएको छु, फेरी दुई वटा, चार वटा गोली खान तयार छु । हामी अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडी हट्न दिनेवाला छैनौँ ।’
उहाँले जेनजीहरुलाई एक जुट हुन पनि आह्वान गर्नुभयो । हाल जेन—जीको दुई चार वटा समूह देखिएको उल्लेख गर्दै जेन—जीको नाममा अरुले अवसर लिएको बताउनु भयो ।
घाइते प्रकाश विष्टकी दिदि दुर्गा विष्टले भाईको सिभिल अस्पतालमा उपचार गराईरहेको बताउनु भयो । सरकारले घाईतेको पछिसम्म उपचारको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ ।
जेन—जी आन्दोलनमा सहभागी सुप्रिया परियार, घाइते गोकर्ण विष्ट, सुरेश ऐरीले जेन—जी आन्दोलनका माग पूरा हुनुपर्ने बताउनु भयो । उहाँहरुले देशमै रोजगारी सिर्जना हुनुपर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरुको दीर्घकालिन उपचार गर्नुपर्ने, २०४६ सालपछिका उच्चपदस्थ व्यक्ति तथा कर्मचारीहरुमाथी छानविन गरि कारबाही गर्नुपर्ने, आन्दोलनमा गोली चलाउन आदेश दिनेलाई कारबाही गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्नुभएको थियो ।






