काठमाडौं । १७ वर्षमूनीको साफ फुटबल प्रतियोगितामा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे कोलम्बोमा हुनेछ ।
समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्काको सामना गर्न लागेको हो । नेपालले असोज १ गते बङ्गलादेशसँग खेल्नेछ ।
समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।
साफ च्याम्पियनसिप खेल्न नेपाली टोली शनिवार श्रीलङ्का प्रस्थान गरेको थियो ।
प्रतियोगिता असोज ११ गतेसम्म जारी रहनेछ ।






