काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषद्बाट सेवा सुचारु गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा ध्वस्त भएको र अब सेवा स्वास्थ्य अनुसन्धान परिषद्बाट दिनेगरी तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताउनु भयो । उहाँले आईतवारबाट नियमित काम मन्त्रालयले शुरु गरेको बताउँदै शुन्यबाट काम शुरु गर्नुपर्ने स्थिति रहेको बताउनु भयो ।
सिंहदरबारभित्रको परिसरमा गएर त्यहाँबाट सबैसँग समन्वय गरेर काम प्रभावकारी रुपमा गर्ने सोच मन्त्रालयको रहेको पनि बताउनु भयो । नयाँ सोच र नयाँ परिस्थितिमा अझ बढी आत्मबलका साथ सबै मिलेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी काम गर्ने बताउनु भयो । स्वास्थ्य सेवा विभागमा गएर निरीक्षण गरेको र मन्त्रालयका सबै कामहरु विभागबाट भइरहेको बताउनु भयो ।
जेन जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सिंहदरबार, संसद भवन, सरकारी सम्पतीहरु जलाउने र तोडफोड गरी नष्ट पारेका छन् । अहिले सर्वोच्च अदालत, मन्त्रालयहरुले टेन्ट टाँगेर सेवा शुरु गरेका छन् ।






