जेन–जी आन्दोलनमा मृत्यु भएकालाई सरकारले गर्यो शहीद घोषणा


२९ भाद्र २०८२, आईतवार १२:११ मा प्रकाशित

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ ।


नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

२३ र २४ भदौमा भएको जेन–जी युवाको आन्दोलनका क्रममा ५१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पद्भार ग्रहण गुर्नभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here