मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस मनाइयो


२० भाद्र २०८२, शुक्रबार १२:१३ मा प्रकाशित


काठमाडौं ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


शुक्रवार काठमाडौंका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको ¥यालीसहित यो दिवस मनाइएको हो । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदैछ ।

मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ । ¥यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्नुहुँदै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताउनु भयो । 


मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


शुक्रवार काठमाडौंका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको ¥यालीसहित यो दिवस मनाइएको हो । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदैछ । मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ । ¥यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्नुहुँदै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here