काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम गर्न हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रत्येक १० वर्षमा संविधानको समिक्षा गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गर्नै नसकिएको बताउनु भयो । संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा तिब्रता दिनुपर्नेमा उहाँको जोड छ । उहाँले अख्तियारसम्बन्धी विधेयक समितिमै अल्मलिँदा जनतामा असन्तुष्टि बढ्दै गएको बताउनु भयो । कानून निर्माणमा सरकारी हस्तक्षेपका कारण कानून निर्माणमा ढिलाई हुने गरेको पनि उहाँको आरोप छ ।
उहाँले मुलुकको सबैभन्दा ठूलो समस्या सुशासन भएको बताउनु भयो । मुलुकमा सुशासन कायम गर्न प्रशासकहरुका समस्याहरु हल गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनु जरुरी छ ।






