काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो । बिहीवार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले र सार्वजनिक पूर्वाधारको सञ्चालन तथा मर्मतका लागि सेवाप्रदायकमार्फत खरिद गर्न निर्देशिका स्वीकृत गरेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैठकले दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालय पूर्वाधार विकासका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिव १ अर्ब २५ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गरेको छ । उहाँले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३,४६३.८१ र मध्यम धानको ३,६२८.३३ तोकिएको पनि जानकारी दिनुभयो ।






