काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताउनुभएको छ ।
अर्थ समितिमा सोमवार वैकल्पिक विकास वित्तसम्बन्धिको विधेयकमाथिको छलफलमा उहाँले देखाउनका लागि बनाइएका कोषहरुको अर्थ नरहेको बताउनुभएको हो । उहाँले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताउनु भयो । सांसद थापाले वैकल्पिक पुँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने बताउनु भयो ।
सांसद थापाले स्रोतको खोजी गर्दा बढिमा कतिसम्मको खोजी गरिरहेका छौं भन्नेमा पनि कानून बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताउनु भयो ।






