काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताउनुभएको छ । अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पार्नुभएको हो । उहाँले राप्रपा अब कहिल्यै विभाजन नहुने बताउनु भयो । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसको केही अवशेषहरु अझै भएपनि अब त्यो सम्भावना नरहेको उहाँको दाबी छ ।
उहाँले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताउनु भयो । चित्त नबुझेका विषयहरु पार्टीका समितिहरुमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्र्षलाई सबैले मानेर जानुपर्ने बताउनु भयो ।
पार्टीका समितिहरुमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथी नै चुनौती दिन सकिने उहाँको भनाई छ । तर पार्टीको आन्तरिक विषयहरु सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न नहुने उहाँले बताउनु भयो ।
उहाँले असन्तुष्ट पक्षहरुले अध्यक्षले विद्यान विपरित काम गरेको भन्ने आरोपको खण्डन पनि गर्नुभएको छ । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरु हेरफेर गरिएको उहाँको दाबी छ । विधानले अध्यक्षलाई समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उहाँको भनाई छ ।
राजसंस्था पक्षधहरुबीच देखिएका कमीकमजोरीहरुलार्ई सच्याएर आगामी दिनमा अगाडी बढ्न सकिने उहाँले बताउनु भयो । उहाँले पार्टीबाट कसैलाई निस्काषन नगरिएको पनि बताउनु भयो । अध्यक्षले मनोनितत गर्न पाउने पदहरुलाई परिवर्तन गर्र्ने पुुरानै परम्परा रहेको पनि उहाँको दाबी छ ।
राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उहाँले बताउनु भयो ।






