काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले पुनः एक पटक विसंगति का विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको बताउनु भयो ।
उहाँले पार्टी एकतावद्ध रहेको र अबदेखि अझ सुदृढ एकताको साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामुहिक संकल्प लिएको बताउनु भयो ।
अध्यक्ष दाहालले कुलिङ पिरियड छेडखानीका दोषीलाई कारबाही गर्नेगरी समितिले प्रतिवेदन ल्याउने बताउनु भयो ।






