सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छः देउवा


१७ श्रावण २०८२, शुक्रबार १६:५८ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताउनुभएको छ ।


शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गर्नुभयो ।

उहाँले समावेशी संविधानका बाबजुत कुनैपनि पार्टीको बहुमत नआउने अवस्था रहेको बताउनु भयो । उहाँले कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने स्थिति संविधानले निर्माण गरेको बताउनु भयो । तर सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन पनि सकिने बताउनु भयो । 


सभापति देउवाले नेपालका थारु समुदायहरु जुनसुकै अफ्ठ्यारो परिस्थितिमा पनि देशप्रति इमान्दारिताका साथ अघि बढेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here