स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी


१७ श्रावण २०८२, शुक्रबार १४:२५ मा प्रकाशित


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गर्नुभएको छ ।


राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताउनु भयो ।

हरेक नेपालीहरुलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने बताउनु भयो । कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावि सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताउनु भयो । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here