झापाको कचनकवलबाट ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ


११ श्रावण २०८२, शनिबार १०:१६ मा प्रकाशित

झापा । लागुऔषध ब्राउन सुगरसहित तीन भारतीय नागरिक झापाको कचनकवल गाउँपालिका–४, लोधावारीबाट पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो, काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्य किशनगंज जिल्ला बस्ने २५ वर्षीय मो. सोहेल, उनकी श्रीमती २९ वर्षीया तबसुम आरा र २४ वर्षीय कचालु अन्सारी रहेका छन्।

उनीहरूको साथबाट प्लास्टिकको पोकामा ल्याइएको झण्डै ५८ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here