वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन


३ श्रावण २०८२, शुक्रबार १७:३८ मा प्रकाशित


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गर्नुभएको छ ।


नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गर्नुभयो ।

एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी) मा आएको बताउनु भयो । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने बताउनु भयो । 


नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here