अव्यवस्थित रूपमा रहेको फ्लेक्सबोर्ड हटाउने अभियान सुरु


१८ श्रावण २०७६, शनिबार १७:१४ मा प्रकाशित

नवलपुर । सडक छेउछाउका पोलमा टाँगिएका अव्यवस्थित फ्लेक्सले नगरको सुन्दरता कुरुप बनाएको भन्दै नवलपुर जिल्लाको गैंडाकोटमा फ्लेक्स बोर्ड हटाउने अभियान आज देखी सुरु गरिएको छ ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल आफैं उपस्थित भएर पोलमा टागिँएका फ्लेक्स लगायतका सामाग्रीहरु हटाएका हुन् । उनीसँगै गैडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल र गैंडाकोटका सरसफाई तथा हरियाली अभियानका अभियान्ताहरु सहभागी थिए । नगर प्रमुख पौडेलले गैंडाकोटलाई सफा र सुन्दर सहरका रुपमा विकास गर्न अव्यवस्थित रूपमा रहेका फ्लेक्सहरु हटाइएको बताए । उनले ,‘ नगरपालिकासंँग समन्वय नै नगरी फ्लेक्स राख्ने काम गरिएको भन्दै आपत्ती जनाए । फ्लेक्स राख्ने तर हटाउनेतर्फ कसैले ध्यान नदिँदा त्यसले नगरलाई नै कुरुप बनाउनुको साथै सडक छेउकै फ्लेक्सकै कारण दुर्घटना समेत बढेकोले अव्यवस्थित रूपमा टाँगिएका फलेक्स हटाइएको बताए । आज शनिबारदेखि सुरु गरिएको उक्त अभियानलाई निरन्तरता दिइने र नगरपालिकाको समन्वय विना फेरी फ्लेक्स राखे कारवाही गर्ने चेतावनी समेत दिए ।

यस्तै, गैंडाकोट नगरपालिकाकी उपमेयर विष्णु कुमारी कंडेलले गैंडाकोटको भु–भागलाई नराम्रो देखाउने, सवारी दुर्घटनालाई समेत जोखिम बनाउनुको साथै, वातावरणलाई समेत नकारात्मक असर पर्ने हुनाले फ्लेक्स बोर्ड राख्दा आफूहरुलाई कुनै तरिकाबाट पनि फाइदाजनक नभएकोले फ्लेक्स बोर्ड हटाउने अभियानलाई शनिबारदेखि सुरु गरिएको बताए ।

सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियानको १६ औं श्रृंखला अन्तर्गत वृक्षारोपण र फ्लेक्स हटाउने काम गरिएको हो । हप्ताएको एक दिन एक घण्टा समाजका लागि दिने उदेश्यले अभियान संचालन गरिएको उक्त कार्यक्रमको १६ औं श्रृङखलासम्म आइपुग्दा यसमा जोडिनेहरुको सङख्याहरु समेत बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here