मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन् ।
.
बिहीवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डले यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले अगामी मंगलवार मिथिला कमाण्ड र भोजपुरा कमाण्डको नेतृत्वमा शान्तीपूर्ण रुपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताउनु भयो । उहाँले पीडितहरुको विगत १२ दिनदेखि आन्दोलनरत भएपनि राज्यपक्ष आफूहरुका मागप्रति राज्य गम्भीर नभएको आरोप लगाउनु भयो ।
उहाँले धनुषा जिल्ला अदालत घेराउका लागि मधेश प्रदेशभरबाट ८ देखि १० हजार पीडित सहभागि हुने बताउनु भयो ।






