विराटनगर । ब्लड बैंकमा देखिएको रगतको अभाव परिपुर्तिगर्न विराटनगरमा रक्तदान कार्यक्रम गरिएको छ ।
विराटनगर–१ पोखरियास्थित नोबेल डेरी मोडमा आयोजना गरिएको कार्यक्रमबाट ६० पिन्ट रक्त संकलन भएको छ । धार्मिक यूवा समुह र भरोसा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेको हो । पछिल्लो समय रक्त संचार सेवा केन्द्रमा रगतको अभाव भएका कारण बिरामीहरु समस्यामा परेको अवस्थालाई न्यूनिकण गर्न रक्तदान शिवीर गरिएको धार्मिक यूवा समुहका अध्यक्ष रिचर्ड गौतमले बताए ।
कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी र सदस्य सहित स्थानिय सर्वसाधारणले रक्तदान गरे ।





