बिर्तामोड । बिर्तामोड–१ निवासी शिला ढकालले आफ्नो जन्मदिनको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा नगद २१ हजार एक सय एक रुपैयाँ प्रदान गर्नुभएको छ ।
सो सहयोग आज नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यलाई हस्तान्तरण गर्दै ढकालले सञ्चारकर्मीहरूको उपचारमा सहयोग पुगोस् भन्ने सामाजिक उत्तरदायित्वको भावना राखी सहयोग रकम प्रदान गरिएको बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष आचार्यले ढकालप्रति आभार प्रकट गर्दै विशेष दिनलाई रचनात्मक कार्यमार्फत अर्थपूर्ण बनाएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले नारी सञ्चार गृहले सञ्चारकर्मी महिलाको हितमा सञ्चालन गरेका कार्यक्रमहरूमा यस्ता सहयोगले थप ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष रेजिना गौतम, सचिव दीपा सापकोटा, सहसचिव टीका पोखरेल, कोषाध्यक्ष सुनिरा मैनाली, सदस्यहरू विनिशा शर्मा, चन्दा भट्टराई र सिर्जना नेपालीको उपस्थिति रहेको थियो।






