वीरगञ्ज । नाटकीय अपरहणको बहाना बनाइ परिवारसँग रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज घर भएका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम रहेका छन् । गत साउन १३ गते वीरगञ्ज वडम न १६ मा बस्ने असहाव आलमको छोरा अरमानले आफू अपहरणमा परेको भनि भरतपुर तथा भैरहवामा बसी दिदीलाई फोन गरी पैसा मागेका थिए ।
उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले बताएको छ ।





