दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने


२४ असार २०८२, मंगलवार १६:१२ मा प्रकाशित


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।


प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँका अनुसार रोजगारीको हकसम्बन्धी नियमावली, २०७६ अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका छन् ।

उहाँले सूचीकृत बेरोजगार नागरिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहका रोजगारी कार्यक्रमा समेटिने कार्य भइरहेको बताउनु भयो । उहाँले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित र सुदृढ बनाउने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि बताउनु भयो ।

उहाँले रोजगारी दशकको सफल कार्यान्वयनका लागि नीति, रणनीति र कार्यक्रम समेत तय भइसकेको बताउनु भयो । उहाँले राष्ट्रिय रोजगार सम्मेलनमार्फत १६ बुँदे घोषणा पनि गरिएको उल्लेख गर्दै त्यसले मुलुकमा  रोजगारी सृजना र बेरोजगार जनशक्तिको क्षमताअनुसार अवसर उपलब्ध गराउने नीति अघि सारेको पनि दाबी गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here