अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय होः पूर्वराजा शाह


२३ असार २०८२, सोमबार १४:०२ मा प्रकाशित


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताउनुभएको छ ।


सोमवार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वराजा शाहले अहिले बाढी, पहिरोको  समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गर्नुभयो ।

पानीजन्य रोगहरुबाट बच्न पनि आग्रह गर्नुभयो । पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै उहँँले नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र मात्रै नेपालको माया जाग्ने बताउनु भयो । 

पूर्वराजा शाहले जन्मदिनको अवसरमा पूर्वराजा शाहलाई निर्मल निवासमा शुभकामना दिनेहरुको भीड देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here