बिर्तामोड। बीएण्डसी मेडीकल कलेजले विपन्न वर्गका मानिसहरूका लागी एक लाख रूपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ।
झापामा मुटु रोगका विरामीहरू वढ्दै गएको भन्दै आर्थिक अभावका कारण मुटुको उपचार नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बीएण्डसी मेडीकल कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डाक्टर केशव न्यौपाने, डाक्टर प्रितम गच्छदारले खानपानमा ध्यान दिनसके मुटुजन्य रोगहरूबाट बच्न सकिने बताए। उनीहरुले विपन्न वर्गलाई दिइने एक लाख रूपैयाँसम्मको सुबिधा विपन्न मुटुरोगीलाई बरदान सावित हुने बताए।
नेपाल सरकारको विपन्न वर्गलाई दिइने सम्पूर्ण सुविधा बीएण्डसी मेडीकल कलेजले उपलब्ध गराएको बीएण्डसी मेडीकल कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए।






