काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसे नेपाल राष्ट्र बैंकले बैंकमा ऋण लिन जाने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
आईतावर सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजार सुस्ताउनु खतरनाक पक्ष भएको बताउनु भयो । आगामी मौद्रिक नीतिले चलायमान बनाउनुपर्ने उहाँको भनाइ छ ।
अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्ने बताउनु भयो । बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याउनुपर्ने बताउनु भयो ।
उहाँकाअनुसार २०७२ सालको भूकम्पका बेला बैंकहरुले छुट दिने काम भएन । धेरैको घरजग्गा बैंकमा अड्किएको छ । त्यसैले मान्छेहरु ऋण लिन जान सकिरहेका छैनन् । यसमा अध्ययन हुनुपर्ने उहाँको भनाइ छ ।






