त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल


२२ असार २०८२, आईतवार १०:५१ मा प्रकाशित


काठमाडौं । नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन नसकिएको बताउनुभएको छ ।


आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।

उहाँले नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यसलाई पनि राम्रोसँग व्यवस्थित गर्न नसकिएको बताउनु भयो । विमानस्थलमा निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने समस्या रहेको बताउनु भयो । 


सांसद ढकालले विमानस्थलको कारण नै विदेशी नागरिकहरु नेपालमा आउनबाट भागिरहेको बताउनु भयो । विमानस्थलमा सुविधाहरु यात्रुलाई दिन नसकिएको बताउनु भयो । त्यसले देशकै बेइज्जत भइरहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here