काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ। शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले (एसईई)को नतिजा सार्वजनिक गरेको हो।
गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। एसईईको नतिजा वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।