विर्तामोड : विश्वबजारमा उपभोक्ताको विश्वास जित्न सफल टास्ने र जोडने काममा प्रयोग हुने साटो ब्राण्डका Indusrial Adhesive का विभिन्न उत्पादनहरु आज देखि झापामा विक्री वितरण शुरु भएको छ ।
भारतमा उत्पादन हुने साटो ब्राण्डका उपात्दनहरु झापाको लागी आधिकारीक विक्रेता Bharman Iron Pvt Ltd विर्तामोडले पाएको छ । उक्त कम्पनीले आज देखी कोशी प्रदेशमा व्यसायीक कारोबार शुरु गरेको छ । नेपालमा यसको आधिकारीक विक्रेताको जिम्मेबारी भने काठमाडौंमा रहेको टाईनोक्स कम्पनीले पाएको छ ।
टाईनोक्स कम्पनीका प्रेशिडेन्ट सेल्स एण्ड मार्ककेटिङ्ग विवेक शर्माले आज एक कार्यक्रमका विच विर्तामोडमा साटो ब्राण्डका Industrial उत्पादनहरु झापाको डिलरहरु मार्फत विक्रीवितरणका लागी आधिकारीक विक्रेताको रुपमा रहेको शिखर ट्रेड इन्टरनेशनल प्रा लि कम्पनीलाई सामान हस्तान्त्रण गरेर व्यसायीक कारोवार शुरु गरेको हो ।

SATO ब्राण्डले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको छ । भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफनो बजार विस्तार गरेको साटोले घरघरमा प्रचलित नाम कमाएको छ ।
अत्याधुनिक उत्पादन एकाइहरू र उच्च स्तरीय प्रविधिको प्रयोग गदै , साटोले मिक्सिंग र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरू सनिश्चित गरेको छ । अनुसन्धान र विकास (R&D) को क्षेत्रमा अग्रणी भूमिका निर्वाह गदै ,SATO ले नयाँ चिपकने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको कम्पनीका प्रेशिडेन्ट सेल्स एण्ड मार्केटिङ विवेक शर्माले बताए ।
ट्राईनोक्स कम्पनीले यसअघि घटस्थापनाको असर पारेर काठमाडौंमा ब्यवसायीक कारोवार शुरु गरेको थियो । छोटो समयमा नेपालका प्रमुख सहरहरु विरगञ्ज, जनकपुर, लहान, इटहरी, विराटनगर ,धरान, विर्तामोड, पोखरा लगाएतका सहरहरुमा कारोबार सुरु गरिसकेको छ । छोटो समयमै नेपालका शहरहरूमा व्यसाय विस्तार गर्न सफल SATO नेपालमा adhesive ब्रान्डमध्ये पहिलो ब्रान्ड हो ।
सातै प्रदेशमा आफना डिस्टीब्युटरहरू मार्फत ९०० + डिलरहरूको मार्फत ४०००+ कर्पोरेटहरूले यसको उत्पादनहरू प्रयोग गरररहेका छन ।SATO को उत्पादनमा विभिन्न प्रकारका चिपकने सामग्रीहरू समावेश छन, जसमा ARCYLO, XTREME, OCEAN, ELITE, DELUXE / HEATGAURD जस्ता उच्च गुणस्तरी बुड एडहेसिव तथा रबर एडहेसिवहरू रहेका छन । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू समेत प्रात्र गरेको छ ।