खोलाले बगाउँदा झापामा दुई बालकको मृत्यु, एकको पहिचान खुल्न बाँकी


१८ श्रावण २०७६, शनिबार ११:०६ मा प्रकाशित

विर्तामोड । झापाको गेउरीया खोलाले बगउँदा एक बालकको मृत्यु भएको छ । झापा प्रहरीका अनुसार भारतको फूलबरिया घर भई हाल गौरीगञ्ज गाउँपालिका–६ तिनटोलीयास्थित मामा घरमा बस्दै आएका ६ वर्षीय आकाश महतोको मृत्यु भएको हो ।

गेउरीया खोलामा शुक्रबार दिउसो उनको शव खोलाको किनारमा भटिएको प्रहरीले जनाएको छ । त्यस्तैगरी झापाकै मेचीनगर नगरपालिका–१३ मा पर्ने सिमसार क्षेत्रमा पनि पानीमा डुवेको अवस्थामा अर्को शव भेटिएको प्रहरीले जनाएको छ । भेटिएको शव अहिलेसम्म पहिचान हुन नसेको पनि झापा प्रहरीले जनाएको छ ।

उनको शव चाराआली–भद्रपुर भित्री सडक खण्ड देखि बायाँ साइडमा पानी जमेको खाल्डोमा भेटिएको हो । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए। उनको सनाखत हुन सकेको छैन । यद्यपि शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here