काठमाडौं । मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ । नजिकै बस्नेहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।
जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रकाअनुसार स्थानीय समय अनुसार १२ः४५ बजेतिर अग्नि नियन्त्रकहरूलाई आगलागीको बारेमा शतर्क गराइएको थियो । अग्नि नियन्त्रकहरूले राज्यको राजधानी जोहोर बाहरू नजिकैको पासिर गुडाङ शहरमा रहेको लरी डिपोमा सक्रिय आगो फेला पारेका थिए ।
कुनै मानवीय क्षति नभएको बताइएको छ । मलेसियाली राष्ट्रिय समाचार एजेन्सी (बर्नामा) ले घटनास्थलबाट करिव ५० मिटर टाढा रहेको आवास क्षेत्रमा पनि आगो फैलिएको रिपोर्ट गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।