स्वास्थ्य परीक्षणको लागि प्रधानमन्त्री ओली आज सिंगापुर जादैँ


१८ श्रावण २०७६, शनिबार १०:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाँदै छन् ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका ओली थप फलोअपका लागि विदेश जान लागेका हुन् । सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहने छन् ।

मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् । विदेशमा परीक्षण गर्न जानेबारे प्रधानमन्त्रीले केही दिनअघि निजी चिकित्सक दिव्यासिंह शाहसहित डाक्टरहरूसँग परामर्श गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here