आजबाट माओवादीले सदन अवरोध नगर्ने, रास्वपाको अडानप्रति विमति पनि नराख्ने


३१ जेष्ठ २०८२, शुक्रबार १६:१३ मा प्रकाशित


काठमाडौं ।
 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताउनुभएको छ । 


शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँँले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराउनु भयो । लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।

शुक्रवारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले अवरोध नगर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरुको मुलभुत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरु केही समयका लागि विरोध गरेरै जानसक्ने बताउनु भयो । 

अध्यक्ष दाहालले रास्वपाको अडानप्रति आफूहरुको विमति र आरोप नहुने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here