पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाउँछुः सभापति देउवा


३१ जेष्ठ २०८२, शुक्रबार १३:४४ मा प्रकाशित


काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताउनुभएको छ । 


शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरुसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जानसक्ने व्यवस्था गर्ने बताउनु भयो ।

उहाँले अबको बाटो संकल्प र कार्यान्वयनको भएको बताउनु भयो । उहाँले अब बोल्ने नभए काम ध्यान दिनुपर्ने बताउनु भयो । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्ने बताउनु भयो ।

सबै तहमा डिजिटल पहुँच सुधार गर्न ध्यान दिने बताउनु भयो । पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्ट रुपमा उल्लेख गर्ने प्रतिवद्धता जनाउनु भयो ।


सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरुले हिनतावोध नगरी आफ्नो काममा लाग्न आग्रह गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here