ललितपुरको नख्खु कारागारमा कैदी बन्दीबीच झडप, एक जनाको ज्यान गयो


१७ श्रावण २०७६, शुक्रबार १५:१२ मा प्रकाशित

काठमाडौं । नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो । ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् । आक्रमणकारीको नाम पवन रहेको बुझिएको छ ।

यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here