भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न रास्वपाको माग


१४ जेष्ठ २०८२, मंगलवार १४:०९ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको छ ।


प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गर्नुभएको हो ।

उहाँले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालय समेत जोडिएको उल्लेख गर्नुभयो । उहाँले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविन शुरु नभएसम्म संसद चल्न नदिने चेतावनी दिनुभयो ।

गृहमन्त्रीले राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले नारावाजी गरेपछि मंगलवारको भसाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here