विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का


१४ जेष्ठ २०८२, मंगलवार १०:३७ मा प्रकाशित


काठमाडौं ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुने बताउनुभएको छ ।


सोमवार काठमाडौंमा स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) ले काठमाडौंमा गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटको चपेटामा पनि मन्त्रालयले एक मिहनाभित्रै विद्युत विधेयक संसदबाट पारित गराउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले विद्युत विधेयक विगतमा पनि पटक पटक प्रश्तुत हुँदै फिर्ता हुँदै आउने गरेको र अहिले मन्त्रालयले जलश्रोत विधेयक सक्ने बित्तिकै रातदिन काम गरिरहेको उल्लेख गर्नुभयो ।

लगानी डुब्दा डेभलपरहरुको मात्रै डुब्छ भन्ने नसोच्न आग्रह गर्दै जनताको पनि लगानी डुब्ने र त्यसको जिम्मेवारी सरकारले लिने बताउनु भयो । मन्त्री खड्काले लक्ष्य विचलित सरकार नरहेको बताउनु भयो । सरकारको मुख्य आयश्रोत अहिले विद्युत नै रहेको जिकिर गर्नुभयो ।

स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरण र मन्त्रालय उर्जा उत्पादकहरुको अभिभावक भएको बताउनु भयो । तर पछिल्लो समय उर्जा क्षेत्रमाथि सबैतिरबाट आक्रमण नै आक्रमण हुने गरेको बताउनु भयो ।

उहाँले उर्जा क्षेत्रलाई अगाडि बढ्न नै नदिने गरी आक्रमण भइरहेको बताउनु भयो । स्वदेशमै उत्पादन बिजुलीले लोडसेडिङ अन्त्य गर्नेगरी सरकार र निजी क्षेत्र लागि रहँदा केहीले भने आयातित बिजुलीले नै लोडसेडिङ अन्त्य हुनुपर्छ भन्ने योजनासहित अघि बढिरहेको बताउनु भयो ।


स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले सरकारले देशलाई समृद्ध बनाउन उर्जा क्षेत्रमा मार्गचित्र बनाएर अघि बढेको र उर्जाउद्यमीहरु पनि मार्गत्रि परा गर्न दत्तचित्त भएर लागेको समयमा सार्वजनिक लेखा समितिले २०८० को पुसमा ९० भन्दा कम नेटवर्क रहेका कम्पनीको प्राथमिक शेयर जारी गर्न नदिने निर्देशन दिँदा ठूलो क्षति व्यहोरिरहनुपरेको बताउनु भयो ।

उहाँले साथै समितिले जलविद्युत कम्पनी स्थापना गर्दा लगानी गर्ने आधारभुत लगानीकर्ताहरुको ३३ प्रतिशत शेयर बैंकको ऋण चुक्ता नभएसम्म कायम राख्न निर्देशन दिनुले समस्या भइरहेको बताउनु भयो । अहिले पनि प्राथमिक शेयर निष्कासनका लागि ४३ वटा र हकप्रद शेयर निष्कासनका लागि ७ वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा रहेको बताउनु भयो ।

यो ढिलाइने ९९४.५२ मेगावाट क्षमताका उर्जा क्षेत्रका आयोजनाहरुले २२ महिनामा ब्याज, आयोजना लागत, विद्युत विक्रीबाट हुने आय जम्मा गरेर लगभग ८१ अर्ब नोक्शानी व्यहोरेको बताउनु भयो । यो नेपाल सरकार मातहतका निकायहरुले उर्जा क्षेत्रलाई गरेको अपराध भएको जिकिर गर्नुभयो ।  


उहाँले सरकारले लिएको लक्ष्य पूरा गर्ने हो भने अविलम्व प्राथमिक शेयर, हकप्रद शेयर निष्कासनको अनुमति दिनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here