सर्वोच्चका न्यायाधीश रेग्मी पनि बालुवाटार जग्गा काण्डमा संलग्न


१७ श्रावण २०७६, शुक्रबार ११:१० मा प्रकाशित

काठमाडौं ।  सर्वोच्चका न्यायाधीश कुमार रेग्मी पनि बालुवाटारको सरकारी जग्गा किनबेचमा संलग्न भएकोबारे आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ, ‘तत्कालीन कानुन व्यवसायी कुमार रेग्मीले २०६१ माघ ११ मा तीन कित्ता जग्गा मीनबहादुर गुरुङबाट किनी साढे दुई वर्षपछि टुक्रा टुक्रा पारेर बेचेका थिए ।’

रेग्मीले जग्गा किनेको स्वीकार पनि गरेका छन् । रेग्मीका अनुसार मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा उनी कानुनी सल्लाहकार थिए । कानुनी सल्लाहकार भएर काम गरेको पैसा लिन बाँकी रहेकाले मीनबहादुर गुरुङसँग जग्गा लिएको रेग्मीको भनाइ  आजको कान्तिपुरले प्रकाशन गरेको छ ।

रेग्मीले भनेका छन्, ‘अलअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँग धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एक–दुई वर्षमै बिक्री भइहाल्यो । जति टुक्रा थियो, त्यति नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको भएकाले नाफा होला भनेर लगानी गरेको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here