काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिनुभएको छ ।
आईतवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो । वडाअध्यक्षहरुलाई प्रशिक्षणमा ध्यान दिन र त्यसपछि १५ गतेको कार्यक्रममा पूर्ण रूपमा समर्पित हुन निर्देशन उहाँको निर्देशन छ ।
उहाँले राजावादीहरू कुनै महान उद्देश्यका लागि लडिनरहेको उल्लेख गर्दै खुलेर प्रतिवाद गर्न जरुरी रहेको बताउनु भयो । उहाँले राजावादीहरुले राजा प्राणभन्दा प्यारो छ भनेर नारावाजी गर्ने गरेको उल्लेख गर्दै वीरेन्द्रलाई हत्या गरेर मार्दा कहाँ गएका थिए ? भन्दै प्रश्न समेत गर्नुभयो ।
राजावादीहरुले जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ति देखाएको उहाँको टिप्पणी छ ।






